कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
पहिलोपोष्ट
काठमाडौं : घटनास्थल नजिकै प्रहरीले एउटा मोबाइल फेला पार्यो, कभर निस्किएको थियो। केही पर त्यसको ब्याट्री। मोबाइल अरू कसैको थिएन, थियो त बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको।
माघ २२ गते नजिकैको लवलेक सामुदायिक वनमा उनको शव फेला परेको थियो। पोस्टमार्टम रिपोर्टलाई आधार मान्दै प्रहरीले भागरथीको बलात्कार अनि हत्या भएको भन्दै अनुसन्धान त्यसतर्फ गर्दैछ। तर, हत्यापछि बलात्कार कि बलात्कारपछि हत्या भन्ने चाहिँ अझै खुलिसकेको छैन।
घटनास्थलबाट बरामद गरेको मोबाइलले महत्वपूर्ण ‘क्लु’ तिर प्रहरीको अनुसन्धानलाई डोहोर्याएको छ। यसले केही हदसम्म भए पनि अनुसन्धानको दायरा साँघुर्याएको छ। मोबाइलमा आएका कल, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालबाट भएका कुराकानीलाई प्रहरीको अनुसन्धान टोलीले 'ट्र्याक' गरिरहेको छ।
कक्षा १२ मा अध्यायरत उनी करिब २ बजेतिर विद्यालयबाट घर जान भनेर निस्किएको खुलिसकेको छ। विद्यालयबाट नजिकै रहेको बजारमा केही साथीहरूसँगै उनी पनि आइन्। त्यसपछि उनी एक्लै घरतिर लागेको देखिन्छ। उनको घर पुग्न वन छिचोल्न पर्छ। बजारबाट घरतिर लागे पनि उनी त्यस दिन घर भने पुगिनन्। परिवारले प्रहरीको मद्दत लिएर उनको खोजी भने थालिहाल्यो। भोलिपल्ट करिब ५ बजेतिर बाटोमै पर्ने वनमा नै उनको शव भेटियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया