गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ सय ९५ पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा ४ जनामा काेराेना संक्रमण देखिएपछि संक्रमितकाे संख्या १८ सय ९५ पुगेकाे हाे।
पछिलाेपल्ट कास्की पाेखरा महानगरपालिका १३ का दुई ३० वर्षीय पुरुषमा काेराेना संक्रमण देखिएकाे छ। यस्तै वडा नम्बर २८ का एक ३४ वर्षीय र वडा नम्बर २९ का ३६ वर्षीय महिलामा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ।
पोखरा महानगरपालिका वार्ड १३ का २ जना भारतबाट आएका हुन् भने अन्य २ जना व्यक्तिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएकाे हाे।
सबै संक्रमितलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश काेराेना नियन्त्रण तथा राेकथाम कार्यक्रमका निर्देशक बिन्दुविन्दु शर्माले जानकारी दिए।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६३९ (निको हुने दर ८६.४९ %) रहेको छ।