मङ्गलबार, १५ जुलाई २०२५

विश्वकप फुटबल : विश्वकपमा गोल्डने बुट जित्नेहरु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2022-11-18 13:19:00
BreaknLinks
• • •

कतारले आयोजना गर्न लागेको २६ औँ सस्ंकरणको विश्वकपका लागि यतिबेला विश्वकप खेल्ने खेलाडीहरु कतार पुगिसकेका छन्।

हरेक खेलाडीको एउटा चाहान हुन्छ, आफूले आफनो देशको लागि उपाधि जित्ने। तर, विश्वकप फुटबलमा खेल नजिते पनि कतिपय खेलाडीले विश्वकप इतिहासमा आफनो नाम लेखाउन सफल भएका छन्। फुटबल विश्वकपमा विश्वकप अवभिर धेरै गोल गर्न खेलाडीलाई गोल्डने बुट अवार्ड दिने गरिन्छ। 

खेलाडीको लागि विश्वकप नजिते पनि गोल्डने बुट अवार्ड जित्ने एउटा ठूलो कुरा हो। विश्वकपको सुरुआतदेखि २०१८ सम्म्को विश्वकपमा को९ को खेलाडीले जितेका छन त गोल्डने बुट ?

सन १९३० देखि २०१८ सम्म को को खेलाडीले जितेका छन गोल्डने बुट ?

सन १९३० मा पहिलोपटक भएको विश्वकपमा पहिलो पटक गोल्डेन बुट जितने खेलाडी अर्जेन्टिनाका खेलाडी गुइलेर्मो स्टाबिल हुन्। उनले उक्त विश्वकपमा ८ गोल गरेर गोल्डने बुट जित्न सफल भएका थिए। सन १९३४ इटालीमा भएको विश्वकपमा गोल्ठने बु
टको विजेता चेकोस्लोभाकियाका खेलाडी ओल्डरिच नेजेडलीले जितेका थिए। उनले सो विश्वकपमा सर्वाधिक ५ गोल गरेर गोल्डने बुट हासिल गरेका थिए।

सन १९३८ मा फ्रान्सले आयोजना गरेको विश्वकपमा सर्वाधिक गोल गर्न खेलाडी ब्राजिलयका लियोनिडास थिए, उनले त्यो विश्वकपमा ७ गोल गरेर बुट हासिल गरेका थिए। सन १९५० मा ब्राजिलले आयोजना गरेको विश्वकपमा ब्राजिलकै खेलाडी एडेमिरले ८ गोल गरी गोल्डने बुटको हकदार बनेका थिए। 

सन १९५४ मा स्वीरजल्यान्डले आयोजना गरेको विश्वकपमा हंगेरीका खेलाडी सान्डोर कोक्सिसले गोल्डने बुट जितेका थिए। उनी हालसम्मको विश्वकपमा दोस्रो धेरै गोल गर्न खेलाडी हुन, कोक्सिसले त्यसबेला ११ गोल गरेका थिए। अहिलेसम्मको विश्वकपमा धेरै गोल गर्न खेलाडी हुन् फ्रान्सका जस्ट फोन्टेन। सन १९५८मा स्वीडेनमा आयोजना भएको विश्वकपमा उनले १३ गोल गरेर गोल्डने बुटलाई आफनो नाम दिएका थिए।

सन् १९६२ मा भएको विश्वकपमा ६ जना खेलाडीले सयुंक्त रुपमा गोल्डने बुटको हकदार बनेका थिए। फ्लोरेन्ट अल्बर्ट–हंगेरी, भ्यालेन्टिन इभानोभ–सोभियत युनियन, ड्राजन जार्कोभिच–युगोस्लाभिया, लियोनल सान्चेज–चिली, भाभा– ब्राजिल, गारिन्चा–ब्राजिलका खेलाडीहरु गोल्डने बुट जितेका थिए। उनीहरुले सो विश्वकपमा ४ ४ गोल गरी गोल्डने बुट जितेका थिए।

सन् १९६६ मा इग्ंलान्डले आयोजना गरेको विश्वकपमा पोर्चुगलका खेलाडी इसेबियोले ९ गोल गरी त्यस वर्षको विश्वपमा गोल्डने बुटलाई आफनो नाम गरेका थिए। सन् १९७० मा मेक्सिकोले आयोजना गरेको विश्वकपमा जर्मनीका खेलाडी गर्ड मुलरले बुट जितेका थिए। उनले सर्वाधिक १० गोल गरी गोल्डने बुट जितेका थिए। जर्मनीले आयोजना गरेको सन् १९७४ को विश्वकपमा पोल्यान्डका खेलाडी ग्रजेगोर्ज लाटोले ७ गोल गरी गोल्डेन बुटलाई आफनजो नाममा पारे।

अर्जेन्टिनाका खेलाडी मारियो केम्पसले सन १९७८ मा अर्जेन्टिनाले आयोजना गरेको विश्वकपमा गोल्डने बुट अवार्ड जितेका थिए। उनले घरेलु मैदानमै ६ गोल गरी बुट जितेका हुन्।  सन् १९८२ मा स्पनेले आयोजना गरेको विश्वकपमा इटालीका खेलाडी पाउलो रोसीले ६ गोल गरी उक्त वर्षको गोल्डने बुट हासिल गरेका थिए। 

इंग्ल्यान्डका खेलाडी ग्यारी लिनेकरले सन १९८६ मा मेक्सिकोले आयोजना गरेको विश्वकपमा ६ गोल गरेर गोल्डने बुटको हकदार बनेका थिए। सन् १९९० मा इटालीले आयोजना गरेको विश्वकपमा इटालीका खेलाडी साल्भाटोर सिलाचीले गोल्डने बुट जितेका थिए। उनले पनि आफनै घरेलु मैदानमा ६ गोल गरी उपाधि हासिल गरेका हुन्। 

ओलेग सालेन्को ९रुस० र ह्रिस्टो स्टोच्कोभ ९बुल्गेरियाका दुई खेलाडीले सन १९९९४ मा सयुंक्त राष्ट अमेरिकाले आयोजना गरेको विश्वकपमा ६ ६ गोल गरी गोल्डने बुट जित्न सफल भएका थिए,। सन् १९९८ मा फ्रान्सले आयोजना गरेको विश्वकपमा क्रोएसियाका खेलाडी डाभोर सुकरले गोल्डने बुट अवार्ड जितेका थिए। उनले सर्वाधिक ६ गोल गरी अवार्ड जितेका हुन्। 

सन् २००२ मा एसियका दुई राष्ट जापान र दक्षिणा कोरियाले सयुंक्त रुपमा आयोजना गरेको विश्वकपमा ब्राजिलका खेलाडी रोनाल्डोले ८ गोल गरी गोल्डने बुटको अवार्ड जितेका थिए। जर्मनीका खेलाडी  मिरोस्लाभ क्लोजले सन २००६ मा जर्मनीले आयोजना गरेको विश्वकपमा गोल्डने बुटका हकदार बनेका थिए। उनी पनि आफनेै घरेलु  मैदानमा सो बुटको हकदार भए। 

सन २०१० मा दक्षिणा अफ्रिकाले आयोजना गरेको विश्वकपमा जर्मनीका खेलाडी थोमस मुलरले ५ गोल गरी गोल्डने बुटको अवार्ड जितेका थिए। कोलम्बियाका खेलाडी हामेस रोड्रिगुएजले सन २०१४ मा ब्राजिलले आयोजना गरेको विश्वकपमा गोल्डने बुटको अवार्ड जितेका थिए।

सन २०१८ मा रसियाले आयोजना गरेको विश्वकपमा इंग्ल्यान्डका खेलाडी ह्यारी केनले ६ गोल गरी गोल्डने बुट प्राप्त गरेका थिए। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?