मन्त्रालयको सिफारिशबिना कोरोना संक्रमितलाई आइसोलेशन र आईसीयूमा भर्ना गर्न नपाइने

कोरोना भाइरस संक्रमितका लागि तोकिएका आइसोलेसन र आइसियू बेडमा बिरामी भर्ना गर्दा काठमाडौं उपत्यकाका अस्पतालहरूले स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने भएको छ। 

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले एक विज्ञप्ती जारी गर्दै स्वस्थ्य मन्त्रालबाट तोकिएका व्यक्तिहरुको सिफारिश र समन्वयमा मात्रै भर्ना लिन उपत्यकाका अस्पतालहरुलाई उर्दी जारी गरेको छ। 

त्यसका लागि मन्त्रालयकाे स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले क्लिनिकल मेनेजमेन्ट टिम गठन गरेकाे छ। जसमा
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी,डा.माधबप्रसाद लम्साल, डा.नवराज जोशी र डा.कुम्भराज जोशी छन्।

मन्त्रालयका आइसीएस कोर्डिनेटर एबम् निती योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा कोभिड- १९ को लागि छुट्याइएका  आइसोलेसन तथा आइसयू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपशिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिश र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ।’

स्वास्थ्य मन्त्रालयले कोभिड-१९ का बिरामीको उपचारका लागि भनेर निश्चित अस्पताल तोकेको छ।


 

प्रकाशित मिति: : 2020-08-22 18:30:56

प्रतिकृया दिनुहोस्