काेराेना संक्रमितकाे संख्या ३१ हजार नाघ्याे, थप ९ जनाकाे मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ३१ हजार १ सय १७पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन्।

जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन्।

यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन्। यसैगरी पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन्।

यस्तै निको हुनेको कुल संख्या १८ हजार ३५० पुगेको छ। 

काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

जसमा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु

नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमणबाट एक ६ वर्षीय बालिकासहित थप ९ जनाको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ४६ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

आज ज्यान गुमाउनेमा सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जना छन्।

ज्यान गुमाउने सुनसरीकी एक काेराेना संक्रमित ६ वर्षकी बालिका हुन्। 

 

प्रकाशित मिति: : 2020-08-22 16:51:00

प्रतिकृया दिनुहोस्