रबि मानसिंह बस्न्यात
फट्कारेर...बजारेर...
त्यही पुरानो
गोल्डस्टार जुत्ता
फेरि पनि उनिने छन्
र…
हरेक देउराली,
भञ्ज्याङ,
र, चौतारीमा
हे ! पृथ्वी नारायण...
तिम्रै नामको ढुङ्गा चढाउन
पवित्र दिव्य उपदेशका,
सन्देश बोकेर,
कालसँग मितेरी लाउँदै,
फिलिङ्गोहरु
अवश्य पनि झुल्किने छन्
अनि….
एक निमेषमा सल्किने छन्
स्वाभिमानमाथि खनिएका चेक पोष्टहरु
निर्वाङ्ग नाङ्गिने छन्
साम्राज्यवादी, राष्ट्रघाती, अन्तर्घाती
झ्याउ, काई र लेउहरु
त्यसपछि,
दिगो शान्तिका युगान्तरकारी दीपहरु
फेरि पनि बल्नेछ,
जनभावको सर्वोच्च सत्ता
मुक़र्रर हुनेछ,
वैदिक सनातनीको परम्परा
कायम हुनेछ,
किनकी...
पराधिन कदापी स्वीकार्य छैन।
जय गोरख जय काली।
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया