बिएल संवाददाता
इरानले कुवेतस्थित एक चिनियाँ कम्पनीमा हवाइ आक्रमण गर्दा एक नेपाली कामदारको मृत्यु भएको छ।
कुवेतको रक्षा मन्त्रालयका अनुसार बिहीबार बिहान इरानको आक्रमणबाट देशको उत्तरी क्षेत्रमा रहेको एक चिनियाँ कम्पनीको भवनमा ठूलो क्षति पुगेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार चालकका रुपमा कार्यरत नेपालीको मृत्यु भएको पुष्टि भएको छ। यद्यपि ती नेपालीको परिचय खुलाइएको छैन।
घटनाबारे विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइसकिएको प्रवक्ता क्षेत्रीले बताए।
कुवेती रक्षा मन्त्रालयका आधिकारिक प्रवक्ता साउद अल अतवानका अनुसार घटनापछि सम्बन्धित निकायले तत्काल आपत्कालीन उद्धार तथा सुरक्षा उपाय लागू गर्दै अन्य सरकारी निकायसँग समन्वय गरेका थिए।
उनले नागरिक र विदेशी बासिन्दाको सुरक्षाका लागि सुरक्षा निकायबीच समन्वय भइरहेको बताए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया