कोराना संकटमा रोकिएन चित्रकला : पेन्सिल र ‘कलरफुल’ आर्टस्‌मा चम्केका राजु

लोकान्तर

काठमाडौँ
प्रकाश आचार्य

 

राजु खड्का उमेरले भर्खरै ३० वर्ष लागेका छन् । सानै उमेरदेखि आर्टस् (कला) क्षेत्रमा लागेका उनी बुटवलमा स्थापित चित्रकार बनिसकेका छन् । उनको वास्तविक नाम हो चन्द्रबहादुर खड्का । तर बुटवल उपमहानगरपालिका–७ दीपनगर रूपन्देहीका उनी सबैसामु राजु खड्का नाममा परिचित छन् । 

राजुले आर्टस् क्षेत्रमा प्रवेश गरेको १४ वर्ष पुगिसकेको छ । प्रकृतिप्रेमी जीवन र प्रकृतिलाई आँखाले नियाल्दै हातले ब्रस चलाएर चम्किएका छन् राजु । पछिल्लो समय रूपन्देही लगायत देशभर अधिकांश क्षेत्रमा कोभिड महामारीले पुनः निषेधाज्ञा हुँदा समेत उनका हात रोकिएका छैनन् ।

प्रकाशित मिति: : 2020-08-22 13:38:07

प्रतिकृया दिनुहोस्