
न्यायका निरीह सात वर्ष
मुक्ति गौतम
चुनावको रन्को छ, यतिबेला। मतदातादेखि जित्ने–हार्नेहरू अंक गणितमा व्यस्त छन्। कोही हर्षबढाइँमा छन्, कोही मुखभरि अबिर, सिन्दूर दलेर घाँटीले थामिनसक्नुको माला झुण्ड्याएर टोल–टोलमा शहर–शहरमा ट्राफिक जाम गरिरहेका छन्।
करोडौं रूपैयाँ खर्च गरेर हारेका पनि मनको भडाँस पोखिरहेका छन्, छ्याप्छ्याप्ती। भीडका मुखिया बनेका छन्। दोष जति अर्कैलाई पास गरेर आफू निर्दोष देखिएका छन्। कोही उन्मत्त साँढे बनेर होक्काँ गरिरहेका छन्, कोही थाल थापिरहेका छ्न्।
चुनावको लागत खर्चका लागि नगरका बहुसंख्यक मतदाताहरूले चन्दा उठाएर भारी बहुमतले मेयरमा विजयी बनाएका स्वतन्त्र उम्मेदवार विजयकुमार कार्की सोचमग्न छन्, यतिबेला।
अबको पाँच वर्षभित्रमा नगरवासीको ऋण कसरी तिरौं? बागमतीको डिलमा उभिएर समाधान खोजिरहेका छन्। ह्वास्सै गन्हाउने चर्पी र सिनो जस्तो दुर्गन्धित फोहोरको डंगुरको छेउमा भुँडी दोबारेर मकै गोडिरहेका जीर्ण दम्पतीको कहालीलाग्दो भविष्य सम्झेर उनी चिन्तित छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया