पर्यटन मन्त्रालयमा कार्यरत एक महिलालाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ३१ वर्षीया महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

४६ जनाको स्वाब शंकलन गरेर गरिएको परीक्षणमा एक महिलाको रिपोर्ट पाजेटिभ आएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्।

‘४५ जनाको कोरोन परीक्षण रिपोर्ट नेगेटिभ आयो तर, उहाँको पोजेटिभ आएको छ’ उनले भने। 

उनका अनुसार संक्रमित महिला कार्यरत महाशाखाका कर्मचारीहरु केही दिन नआउन निर्देशन दिइएको छ।

प्रकाशित मिति: : 2020-08-21 12:15:31

प्रतिकृया दिनुहोस्