प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, होला शिक्षकको माग सम्बोधन?

तस्बिरः प्रधानमन्त्रीको सचिवालय
तस्बिरः प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्।

बुधबार साँझ ७ बजे बस्नेगरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको हो।

मन्त्रिपरिषद बैठकमा शिक्षक आन्दोलन सम्बोधनका लागि ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।

केही दिनदेखि सरकार र शिक्षकहरूबीच वार्ता भइरहेको छ। आज पनि शिक्षक र विभागीय मन्त्रालयहरूबीच वार्ता भएको छ। वार्ताको उपलब्धिसहित माग सम्बोधनका विषयमा ठोस निर्णय हुनसक्ने बालुवाटार स्रोतले बतायो।

नेपाल शिक्षक महासंघले केही माग मन्त्रिपरिषदबाट टुंगो लाग्नुपर्ने भएकोले मन्त्रिपरिषदले माग सम्बोधन गरेमा कक्षा १२ को परिक्षा सञ्चालनका लागि तयार रहेको बताइसकेको छ।

प्रकाशित मिति: : 2025-04-30 17:25:00

प्रतिकृया दिनुहोस्