अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
बिएल संवाददाता
नेकपा (एमाले) स्थायी कमिटीको सोमबार ४ बजे बालुवाटारमा बस्ने बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावलसहित केही नेताहरुलाई निष्कासन गर्ने तयारी गरेको छ। घनश्याम-योगेशले सोमबार प्रधानमन्त्रीसँग गरेको सहमति माधव नेपालसँग सल्लाह गरी भीम रावलले उल्टाइदिएपछि नेपाल र रावल आजै निष्कासनको निर्णय हुनसक्ने बालुवाटार स्रोतले जनाएको छ ।
नेपाल पक्षका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराईले 'होटेल याक एण्ड यती' मा आइतबार राति सुवास नेम्वाङ र विष्णु पौडेलसँग सहमति गरेका थिए। त्यसबारे घनश्याम र योगेशले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा सोमबार बिहान पनि छलफल गरेका थिए तर सहमतिविपरीत घनश्याम र सुरेन्द्र पाण्डे मुद्दा लिएर सर्वोच्च अदालत गएपछि सहमति उल्टिएको हो । आजै नेपाल, रावलसहित केही नेतालाई निस्कासनको निर्णय हुने भएको हो। एमाले स्थायी कमिटीको बैठक साेमबार अपरान्ह ४ बजेका लागि डाकिसकिएको छ ।
बालुवाटार स्रोतका अनुसार, नेपाल पक्षका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराईलगायतले सोमबार प्रधानमन्त्रीसँग भेट गरी छलफल गरेका थिए। त्यसअघि कार्यदलमा रहेका सुवास नेम्वाङ र विष्णु पौडेलसँग छलफल भएको थियो। उक्त सहमति विपरीत भीम रावलले सर्वाेच्चमा मुद्दा हाल्ने बताएपछि नेपाल, रावलसहित केही नेता निस्कासित हुने सम्भावना प्रवल रहेकाे बालुवाटार स्राेतले जानकारी दियाे।
प्रधानमन्त्री ओलीले भुसालले र भट्टराईसँगको भेटमा ०७५ जेठ २ को अवस्थामा फर्कने र पार्टीलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए। नेपाल पक्ष सर्वोच्च अदालतमा मुद्दा हाल्नबाट पछि हट्ने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने सहमति भएको स्रोतको दाबी छ।
उक्त सहमतिविपरीत साढे १२ बजे भीम रावलसँग टेलिफोनमा नेम्वाङको संवाद भएको थियो। ‘भीम रावलले फोन गरेर सुवास नेम्वाङ र विष्णु पौडेललाई भन्नुभएछ– मुद्दामा साथीभाइले हस्ताक्षर गरिसक्नुभएछ। मुद्दाबाट पछि हट्न मिलेन। त्यो गएर के भयो र, अब पार्टी मिलाउने काम गर्दै गरौँ। प्रधानमन्त्रीबाट ०७५ जेठ २ मा फर्कने प्रतिबद्धता आउन मुद्दाले के फरक पर्छ र ?’
पहिले छलफलका लागि पनि नगएका रावलको भनाइपछि प्रधानमन्त्रीनिकट र स्वयम् नेपाल पक्षका वार्ता गर्न गएकाहरु पनि निराश भएको स्रोतले जानकारी दियो।
आफ्नै पार्टीका प्रधानमन्त्री हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन क्रियाशील नेताहरुमध्ये कम्तिमा पनि वरिष्ठ नेता नेपाल र भीम रावललाई आजै निष्कासनको कारवाही हुनसक्ने एमाले उच्च स्रोतले जानकारी दियो।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया