नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
बिशाल बिहानी
१ -
चोखो पिरती दिने नदिने तिम्रो हातमा छ
अंगालोमा बेरिने नबेरिने तिम्रो हातमा छ
प्रेम दिवसमा पनि मेरो नबने मर्छु प्रिया म,
साथ लिने कि स्वास लिने तिम्रो हातमा छ।
२ -
गरिनौ भने पिरतीमा छल प्रेम दिवस बन्छ
बन्नेछ हाम्रो प्रेमको महल प्रेम दिवस बन्छ
बाँचुञ्जेल तिमिले साथ दिन्छौ भने प्रिया,
हरेक दिन अनि हरेक पल प्रेम दिवस बन्छ।
३ -
दुनियाँ लागोस् छुटाउन भनी तिमी मेरी हौ
चिन्ता नगर रहन्छौ मेरै बनी तिमी मेरी हौ
प्रेम दिवस त यस्तै हो आउँछ अनि जान्छ,
विगत देखि भविस्यमा पनि तिमी मेरी हौ।
४ -
हाम्रो प्रेमिल सम्बन्धलाई तोडेर जान्छौ भनेपनि
मलाई छोडी अन्तै नाता जोडेर जान्छौ भनेपनि
प्रेम दिवसको दिन आफ्नो हौला सोचेको थिए,
इच्छा नै हो तिम्रो मलाई छोडेर जान्छौ भनेपनि।
५ -
खुशी सँग गएकी हौ म देखी हुँदै पर तिमी आएनौ
अरु सँगै रमाउनु तिमी मेरो के छ र तिमी आएनौ
कुनै दिन प्रेम दिवसकै दिन आएकी थियाै मेरी बन्न,
यसपटक पनि प्रेम दिवस आयो तर तिमी आएनौ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया