
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
बिशाल बिहानी
१ -
चोखो पिरती दिने नदिने तिम्रो हातमा छ
अंगालोमा बेरिने नबेरिने तिम्रो हातमा छ
प्रेम दिवसमा पनि मेरो नबने मर्छु प्रिया म,
साथ लिने कि स्वास लिने तिम्रो हातमा छ।
२ -
गरिनौ भने पिरतीमा छल प्रेम दिवस बन्छ
बन्नेछ हाम्रो प्रेमको महल प्रेम दिवस बन्छ
बाँचुञ्जेल तिमिले साथ दिन्छौ भने प्रिया,
हरेक दिन अनि हरेक पल प्रेम दिवस बन्छ।
३ -
दुनियाँ लागोस् छुटाउन भनी तिमी मेरी हौ
चिन्ता नगर रहन्छौ मेरै बनी तिमी मेरी हौ
प्रेम दिवस त यस्तै हो आउँछ अनि जान्छ,
विगत देखि भविस्यमा पनि तिमी मेरी हौ।
४ -
हाम्रो प्रेमिल सम्बन्धलाई तोडेर जान्छौ भनेपनि
मलाई छोडी अन्तै नाता जोडेर जान्छौ भनेपनि
प्रेम दिवसको दिन आफ्नो हौला सोचेको थिए,
इच्छा नै हो तिम्रो मलाई छोडेर जान्छौ भनेपनि।
५ -
खुशी सँग गएकी हौ म देखी हुँदै पर तिमी आएनौ
अरु सँगै रमाउनु तिमी मेरो के छ र तिमी आएनौ
कुनै दिन प्रेम दिवसकै दिन आएकी थियाै मेरी बन्न,
यसपटक पनि प्रेम दिवस आयो तर तिमी आएनौ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया