बुटवलकाे धागाे कारखानामा रहेकाे कोरोना विशेष अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ। प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो।
ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए। साउन अन्तिम साता भारतबाट आएका ती व्यक्ति स्थानीय क्वारेन्टाइनमा बसेका थिए।
त्यही क्रममा पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै स्वास्थ्यमा समस्या देखिएपछि बुटवल ल्याएर आईसीयूमा उपचार भइरहेको थियो। अस्पतालमा अहिले आईसीयूमा ११ जना उपचाररत छन् भने आइसोलेसनमा २० जना रहेका छन्।
यससँगै उक्त अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ३ पुगेको छ