रघु परियार
एक सन्नाटा
सायद; हुरीहरूको पनि आवाज छैन
सायद; बाढीहरूको पनि बहाव छैन
छ त केवल महाभारतको बिम्व
नबज्ने बाँसुरी र बहिरो कृष्ण।
मनहरूका सुन्दर पन्नाहरू
सायद; मसी छैनन् कलमहरूमा
सायद; भाव छैनन् अभिव्यक्तिहरूमा
छ त केवल पलाँसको फूलजस्ता
अर्थहीन-सुगन्धहीन तर बहुमूल्य अजीव
शून्य-बिगत र बर्तमान
छैन आशा आगत या भविष्यको
छैन आस्था अलौकिक पिण्डप्रति पनि
सायद; आस्तिक मनभित्र पनि नास्तिक विवशता
एउटा अजब-गजब समयसँग हुर्कदैको यो काल।
पलपलमा द्वन्द्वहरूको रामायण र महाभारत
छैन कतै पनि किञ्चित जिजीवीषा
मीठा लाग्नेहरू-नमीठा क्षणसँग सौदाबाजी गरिरहेको समय
सत्य लाग्नेहरू-असत्य पलसँग सौदाबाजी गरिरहेको समय
पर्ख क्षितिज पारिसम्म देख्ने एक हूल कविहरू
क्षितिज वारिबाटै पनि लेख्ने फुर्सद नभएका कविहरू
समुन्द्रमा चट्टान हानेर तरङ्गित छौ वा
बिम्व टिप्न जोखाना हेर्दैछौ
मछली टिप्न बकुल्ला किनारामा बसेझैं
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया