कैलालीका ७७ सहित सुदूरपश्चिममा थप १५६ जनामा कोरोना पुष्टि

कैलालीका ७७ सहित बिहीबार सुदूरपश्चिममा एक सय ५६ जनामा कोरोना पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार दुई सय ११ जनाको कोरोना परीक्षण भएकोमा एक सय ५६ जनामा संक्रमण देखिएको हो।

बिहीबार कैलालीका ७७, डोटीका ३४, अछामका ३०, कञ्चनपुरका १४ र डडेल्धुराका एक जनामा कोरोना देखिएको हो।

कैलालीका ७७ मध्ये धनगढी उप–महानगरपालिकाका २७, गौरीगंगा नगरपालिकाका २६, गोदावरी नगरपालिकाका ११, घोडाघोडी नगरपालिकाका १० र भजनी नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीको घोडाघोडी नगरपालिकाका ११ जना मध्ये तीन जना नगरपालिकामै कार्यरत कर्मचारी हुन्।

डोटीमा बिहीबार कोरोना पुष्टि भएका ३४ मध्ये जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत तीन जना र राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत एक जनामा पनि कोरोना देखिएको हो। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार दुई सय ४२ पुगेको छ।

संक्रमण पुष्टि भएका मध्ये चार हजार तीन सय बढिले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भएको छ। कैलालीका एक हजार दुई सय ९७, अछामका सात सय १२, कञ्चनपुरका पाँच सय ८० र डोटीका पाँच सय ७६ जना डिस्चार्ज भएका छन्।

यस्तै बाजुराका चार सय ३५, बैतडीका तीन सय, डडेल्धुराका दुई सय ९९, बझाङका एक सय १० र दार्चुलाका १३ जना कोरोनामुक्त भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-08-20 21:58:24

प्रतिकृया दिनुहोस्