सेनाभित्र भ्रष्टाचारमा शून्य सहनशीलता : ‘ठूला माछा’सहित २६ सय सैनिकलाई कारवाही !

लोकान्तर

काठमाडौँ
गगन अर्याल

राजनीतिक र प्रशासनिक क्षेत्रमा भ्रष्टाचार गर्ने ‘ठूला माछा’लाई कारवाही नहुने गरेको गुनासो जनस्तरमा सुनिन्छ । तर कडा अनुशासन रहेको नेपाली सेनामा भने ‘ठूला माछा’लाई समेत कारवाही भइरहेको छ ।

केही दिनअघि नेपाली सेनाका सहायक रथी (जर्नेल) प्रयोग जबरालाई सरकारी सेवामा अयोग्य हुने गरी सैनिक सेवाबाट हटाइयो । पाँचखालमा रहेको नेपाली सेनाको ‘वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र’ अर्थात् शान्ति मिसनको व्यवस्थापन तथा तालिम दिने केन्द्रको प्रमुखका रूपमा रहँदा ‘सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको’ अभियोगमा जबरामाथि कारवाही भयो ।

प्रकाशित मिति: : 2020-08-20 15:07:16

प्रतिकृया दिनुहोस्