बागमती प्रदेशको राजधानी हेटौंडा र सुनसरी कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।
मंगलबार राति मृत्यु भएकी हेटौंडा उपमहानगरपालिका १ चौकीटोलकी ६१ वर्षकी वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ।
मृत्युपछि प्रादेशिक ल्याब हेटौंडामा गरिएको परीक्षणमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले जानकारी दिए।
लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएकी थिइन्।
यता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक महिलाको मंगलबार राति मृत्यु भएको छ।
मोरङको बुढीगंगा २ बस्ने ६७ वर्षीया ती महिलालाई साउन २५ गतेदेखि उच्च ज्वरो, अत्यधिक खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा लगिएको थियो।
त्यहाँबाट उनलाई भदौ २ गते मंगलबार बिहान बीपी प्रतिष्ठानमा रिफर गरेको थियो।
रउनको उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्रा डा निदेश सापकोटाले बताए। उनका अनुसार मृतकमा मुटुको पनि समस्या रहेको थियो।