
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
बिएल संवाददाता
बलिउडमा अक्सर प्रेमी जोडीहरु भेटिन्छन्। पहिले प्रेम, दरार अनि दुश्मनी। भलै, कयौँ कलाकार आफ्नो सम्बन्धलाई लुकाउन चाहन्छन् तर कोही त्यस्ता जोडीहरु पनि छन्, जो आफ्नो प्रेम सम्बन्धलाई देखाउँछन्, र बेक्रअपपछि पनि खुलेर कुरा गर्छन्। त्यसमध्येको एक जोडी हो, शाहिद कपूर र करिना कपूर।
बलिउडमा उनीहरुको सम्बन्ध थाहा नपाउने सायदै मानिस होलान्। उनीहरुले सार्वजनिक रुपमै एकअर्कासँगको नातालाई स्वीकारेका थिए। तर उनीहरुको सम्बन्ध किन टुट्यो, त्यो अहिलेसम्म पनि गुपचुप नै छ।
सन् २००४ मा फिल्म आएको थियो, फिदा। उनीहरुको पहिलो भेट पनि त्यही फिल्मको सेटमा भएको थियो। फिदा शाहिदको पहिलो फिल्म थियो भने करिना बलिउडकी सफल अभिनेत्रीमध्येकी एक थिइन्। तर पनि उसैले शाहिदलाई सुरुमा प्रपोज गरेकी थिइन्।
एक अन्तर्वार्तामा करिनाले स्वंयमले त्यो कुरालाई स्वीकार गरेकी थिइन्। करीनाको बारेमा यो पनि भनिन्छ, कि उनी शाहिदको प्रेममा पागल थिइन्, उनीसँग विवाह गर्न चाहन्थिन्। उनी दुई महिनासम्म शाहिदको पछि परिरहिन्।
सन् २००७ मा दुई जना करण जौहरको शोमा गएका थिए। करीनालाई प्रपोजलको बारेमा प्रश्न सोधिएको थियो। मीडिया रिर्पोटका अनुसार उनीहरुको विवाहको चर्चा पनि थियो। तर जब दुई जना जव वी मेटको शूटिंग गरिरहेका थिए, तब करीनाले टशन फिल्ममा साइन गरिन्। त्यहीबाट उनीहरुको सम्बन्धमा ट्वीट आयो।
सन् २००६ मा जब वी मेटको शूटिंग चलिरहँदा दुई जनामा सबै कुरा ठिक थियो तर शूटिंग सकिएसँगै दुई जना छुट्टिसकेका थिए। उनीहरु अलग भएको कुरा त्यही दिन पुष्टी भएको थियो, जब करीना लैकमे फैशन वीकमा सैफ अली खानको साथमा देखा परेकी थिइन्। उनीहरुको प्रेमको अन्त्य पनि त्यही थियो। एजेन्सीको सहयोगमा
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया