महिनौंदेखि नाकामा रोकिए कन्टेनर : ल्याएका सामान बिग्रिन थाले, गाडीको पाटपूर्जा समेत चोरी !

चीनबाट सामान लिएर काठमाडौं आउन लागेका कन्टेनरहरू लामो समयदेखि नाकामा रोकिँदा व्यवसायी मारमा परेका छन् ।

कोरोनाभाइरस (कोभिड– १९)को महामारी रोक्नका लागि गत माघदेखि चीनले सीमा क्षेत्रमा कडाइ गर्दा कन्टेनरहरू उतै रोकिएका हुन् । 

तातोपानी र केरुङ नाकामा सामान रोकिँदा कतिपय सामानहरू सडेर नष्ट भएका छन् भने बाँकी रहेका सामान पनि अलपत्र छन् । 

माघको पहिलो साता सामान लिन चीनमा पुगेका कन्टेनरहरू उतै रोकिएका हुन् । सामान उतै रोकिँदा तयारी पोशाक, कपडा, अन्य सामानहरू अलपत्र परेका छन् । 

प्रकाशित मिति: : 2020-08-19 11:51:37

प्रतिकृया दिनुहोस्