गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
सेतोपाटी
अदानचुलीमा अभिमुखीकरण सकेर हामीलाई ताँजाकोट जानुपर्ने थियो। अदानचुलीको चुचुरो काटेपछि दक्षिणमा ताँजाकोट आउँथ्यो। पहिला पहिला मानिसहरू माथिबाटै हिँड्थे। अब मोटर बाटो बनेपछि भने कर्णाली तिरैतिर सलल। हिँड्न कसले दुःख गरोस्!
हामीले रिजर्भ गरेको जीप पनि त्यही बाटो दक्षिण पश्चिम हानियो। कर्णालीको किनार भएर बग्दा आँखामा थुप्रै दृश्य खिच्यौं। खिचिक खिचिक।
अदानचुलीमा गाउँपालिका अध्यक्षले हाम्रो खानपान र बसोबासको बन्दोवस्त मिलाए। गाउँपालिकाकै इञ्जिनियरले हामीलाई नरमाइलो हुनै दिएनन्। फुर्सदमा साथ दिए। गाउँठाउँ देखाए। पहाडमा विकासका बेदना बुझाए।
टिकाराम सरको पेटले भने रातो चामलको भात र चौंरीको घ्यू सहन सकेन।
श्रीनगरमा हामी एउटा घरबाट छिरेर अर्को घरमा निस्किँदै गाउँ डुल्यौं। सिस्नो लगाएर स्कुल पठाउँदै गरेको बालकका अभिभावकलाई त्यसो नगर्न भन्यौं। मन्दिर भएको ठूलो ढुंगोमा चढ्न नसकेपछि खुइय्य गर्दै गाउँ हेर्यौं।
देख्यौं– जस्ता पाताले छाएका घर संख्या विस्तारै बढ्दै थिए। घोडा चढेर टाढाबाट वडाध्यक्ष कार्यक्रममा सहभागी हुन हामीतिरै आउँदै थिए।
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया