
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
सेतोपाटी
अदानचुलीमा अभिमुखीकरण सकेर हामीलाई ताँजाकोट जानुपर्ने थियो। अदानचुलीको चुचुरो काटेपछि दक्षिणमा ताँजाकोट आउँथ्यो। पहिला पहिला मानिसहरू माथिबाटै हिँड्थे। अब मोटर बाटो बनेपछि भने कर्णाली तिरैतिर सलल। हिँड्न कसले दुःख गरोस्!
हामीले रिजर्भ गरेको जीप पनि त्यही बाटो दक्षिण पश्चिम हानियो। कर्णालीको किनार भएर बग्दा आँखामा थुप्रै दृश्य खिच्यौं। खिचिक खिचिक।
अदानचुलीमा गाउँपालिका अध्यक्षले हाम्रो खानपान र बसोबासको बन्दोवस्त मिलाए। गाउँपालिकाकै इञ्जिनियरले हामीलाई नरमाइलो हुनै दिएनन्। फुर्सदमा साथ दिए। गाउँठाउँ देखाए। पहाडमा विकासका बेदना बुझाए।
टिकाराम सरको पेटले भने रातो चामलको भात र चौंरीको घ्यू सहन सकेन।
श्रीनगरमा हामी एउटा घरबाट छिरेर अर्को घरमा निस्किँदै गाउँ डुल्यौं। सिस्नो लगाएर स्कुल पठाउँदै गरेको बालकका अभिभावकलाई त्यसो नगर्न भन्यौं। मन्दिर भएको ठूलो ढुंगोमा चढ्न नसकेपछि खुइय्य गर्दै गाउँ हेर्यौं।
देख्यौं– जस्ता पाताले छाएका घर संख्या विस्तारै बढ्दै थिए। घोडा चढेर टाढाबाट वडाध्यक्ष कार्यक्रममा सहभागी हुन हामीतिरै आउँदै थिए।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया