पोखरामा तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ।

तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो । ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्काले जानकारी दिए ।

आइतबार स्बाब टेस्टका लागि पठाइएकोमा आज बिहान कोरोना पोजेटिभ भएको खड्काले जानकारी दिए।

अस्पतालका अनुसार अन्य अस्पतालले भर्ना लिन नमानेपछि यहाँ भर्ना गरिएको थियो।

शव व्यवस्थापन र कडाइ कसरी गर्ने लगायतका निर्णय गर्न अहिले प्रदेश स्तरीय सीसीएमसीको बैठक बसिरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति: : 2020-08-18 12:09:32

प्रतिकृया दिनुहोस्