पाेखरामा एक कोराेना संक्रमित पुरुषको मृत्यु

पाेखरामा एक कोराेना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा १६ का ८७ वर्षका पुरुषको मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।

उनी साउन ३२ गते प्रतिष्ठानमा उच्च ज्वरो तथा श्वास प्रश्वासमा समस्या भई उपचारको लागि भर्ना भएका थिए। 

उनी प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रको आईसियुमा सोमबार भर्ना भई उपचाररत थिए।

उनमा कोराेना भाइरस संक्रमणसँगै हाइपरटेन्सन, क्रोनिक किड्नी डिजिज रहेको डा आचार्यले जानकारी दिए। 

उनको आज बिहान १०:४० बजे उपचारको क्रममा मृत्यु भएको हाे। 

योसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको चौंथो मृत्यु हो भने प्रदेशको सातौं मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

प्रकाशित मिति: : 2020-08-18 11:50:45

प्रतिकृया दिनुहोस्