काभ्रेमा कोरोनाबाट ९८ वर्षीय जेष्ठ नागरिकको मृत्यु

कोरोनाका कारण काभ्रेमा दोस्रो ब्यक्तिको निधन भएको छ। ९८ वर्षीय जेष्ठ नागरिकको धुलिखेल अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको अस्पतालले जानकारी दिएको छ ।

धुलिखेल नगरको विकासमा योगदान पुर्‍याएका समाजसेवी ९८ बर्षीय जेष्ठ नागरिक पछिल्लो समय परिवारका साथमा काठमाडौ बानेश्वर बस्दै आएका थिए।

छोरा बुहारीका साथमा बानेश्वर रहेका समाजसेवी जेष्ठ नागरिकको ९८ औ जन्म जयन्ति मनाउन धुलिखेल आउने क्रममा उनलाई अस्पताल लगिएको थियो। २०७७ साउन २७ गते कोरोना पुष्टी भए पछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो ।

‘बानेश्वर घरमै रहँदा सामान्य अवस्थ भए सँगै उनले जन्म स्थान धुलिखेल पुर्‍याईदिन अनुरोध गरेको परिवारका एक सदस्यले भने,‘पारिवारीक प्रतिष्ठानले जन्म जयन्ति मनाउने गरेकाले उहाँ धुलिखेल आउनु भएको हो । भोलिपल्ट जन्मोत्सवको तयारी गरिएको थियो अघिल्लो दिन नै उहाँमा कोरोना पोजेटिभ देखियो ।’

धुलिखेल आए लगत्तै उgले धुलिखेलका जेष्ठ नागरिकहरुसँग भेट गरेका थिए। उनलाई भेट गर्न आउनेको संख्या धेरै थियो । उनलाई भेट गरेका धुलिखेल अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीहरु पनि आईसोलेसनमा बसेका थिए। अहिले उनीहरुको कन्ट्रयाक ट्रेसिङ्ग भईरहेको छ ।

उनमा कोरोना पोजेटिभ देखिए लगत्तै उनीसँगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टी भएको छ। उनीहरु दुबै जना काठमाडौमा उपचारार्थ छन्। परिवारका अन्य सदस्यहरुलाई पनि कोरोना परिक्षण भईरहेको छ।

यसअघि जिल्लामा पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५२ बर्षिया महिलाको कोरोनाकै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौमा निधन भएको थियो ।

जेष्ठ नागरिकको शब पशुपतिको विद्युत्तिय शवदाह गृहमा अन्त्येष्टी गरिने बताईएको छ। स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा संक्रमति देखिएका ८० मध्ये २ को निधन भएको, ३४ जना उपचार पछि घर फर्किएको र बाँकी उपचारार्थ रहेको बताए।

प्रकाशित मिति: : 2020-08-18 09:26:47

प्रतिकृया दिनुहोस्