नक्कली शरणार्थी प्रकरण :

ऊर्जा मन्त्रालयबाट पक्राउ परेका मियाँलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयाे

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको हज समितिका अध्यक्ष शमशेर मियाँलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ।

उनलाई काठमाडौँ प्रहरी परिसरको टोलीले बिहीबार दिउँसो सिंहदरबारस्थित ऊर्जा मन्त्रालयको कार्यायलबाट पक्राउ गरेको थियो।

पक्राउपछि टेकुस्थित परिसरमा लगिएका उनलाई अहिले काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो। उनलाई त्यहाँबाट काठमाडौँ जिल्ला अदालतमा लगेर हिरासतमा राख्न म्याद थप गरी आजैबाट बयान सुरु गर्ने तयारी छ।

भुटानी शरणार्थी प्रकरणमा पैसा ओसारपसार गर्दा उनको गाडी प्रयोग भएको खुलासा भएको छ।

नेपालीलाई भुटानी शरणार्थी  बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ ठगी भएको फेला परेपछि प्रहरीले त्यस घटनामा जोडिएका पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी अनुसान गरिरहेको छ।

– यसअघि भुलवश अन्यथा तस्बिर पर्न गएकाे सच्चाइएकाे छ।सम्पादक

प्रकाशित मिति: : 2023-05-18 17:04:00

प्रतिकृया दिनुहोस्