भारतमा कोरोनाका कारण हरेक दिन ९०० भन्दा बढीको निधन

भारतमा हरेक दिन मर्नेको संंख्या ९ सय ६० पुगेको छ।

आइतबार २४ घण्टा भित्र भारतको विभिन्न राज्यमा गरेर ९ सय ६० जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

देशभित्र संक्रमितको संख्या पनि २६ लाख ४७ हजार भन्दा बढी पुगेको छ। यहाँ मर्नेको संख्या नै ५१ हजार ४५ भन्दा बढी पुगेको मन्त्रालयले जानकारी दिएको छ।

आइतबारसम्मको तथ्यांक अनुसार महाराष्ट्रमा मर्नेको संख्या २० हजार नाघेको छ। आइतबार मात्र महाराष्ट्रमा २ सय ८८ जनाको निधन भएको थियो।

महाराष्ट्रपछि सबैभन्दा बढी तमिलनाडुमा १ सय २५ जनाको ज्यान गएको थियो। यहाँ पनि ५७ सय ६६ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा हरेक दिन ६० हजारको हाराहारीमा संक्रमित देखिने गरेका छन्।

प्रकाशित मिति: : 2020-08-17 07:27:32

प्रतिकृया दिनुहोस्