विश्वकप

मेस्सी–राेनाल्डाेकाे अन्तिम विश्वकप, कसले सक्ला उपाधि चुम्न ?

photo: Getty/GOAL
photo: Getty/GOAL

दक्षिण एसियामा दोस्रो पटक विश्वकपको आयोजना हुन लागेको छ। कतारमा आगामी २० नोभेम्बरदेखि सुरु हुने २२औँ विश्वकप फुटबलको रौनक चौतर्फी छाइरहेको छ। विश्वकप फुटबलको लागि सम्पूर्ण तयारी पूरा भएको कतारले जनाएको छ।

४ वर्षमा एक पटक हुने विश्वकपलाई फुटबलको महामेला भनेर पनि चिनिन्छ। कतारले १२ लाख दर्शक विश्वकप हेर्न आउने अनुमान गरेकाे छ। विश्वकप फुटबलको सुरक्षाको लागि कतारलाई १३ राष्ट्रको सहयोग छ। यसवर्ष विश्वकपमा ३२ टिम र ६४ वटा खेलहरु हुने भएको छ।

तर, फुटबलका राजा भनेर चिनिने लियोनल मेस्सी र क्रिस्टानो रोनाल्डको यो विश्वकप अन्तिम विश्वकप हो। सबैको प्रिय र विश्वको एक चचर्ति खेलाडीहरुले क्लबका लागि उपाधि जिताए पनि आफ्नाे देशका लागि भने उपधि नजिक पुग्न पनि चुकिरहेका छन्। क्लबमा कयौँ उपधि जित्न सफल उनीहरु राष्ट्रको लागि उपधि जित्न सकेका छैनन्।

अर्जेन्टिनका खेलाडी म्यारोडोनाले दुई पटक विश्वकपको उपाधि जितेपछि मेस्सीमाथि धेरै दबाब छ। मेस्सी दक्षिण अमेरिकाका धेरै अन्तराष्ट्रिय गोल (९०) गर्ने खेलाडीसमेत हुन्। उनको फ्यानको एउटै सपना छ, मेस्सी छदाँ अर्जेन्टिनाले विश्व कप जित्ने। यता पोर्चलगका खेलाडी क्रिस्टानो रोनाल्डोले सर्वाधिक गोल हान्न सफल भएपनि उनले पनि आफ्नाे राष्ट्रको लागि भने विश्वकप जित्न सकेका छन्।

मेस्सी र रोनाल्डोले एकचोटी सन् २००६ मा विश्वकप खेलेका थिए। मेस्सीले अन्तराष्ट्रिय खेल खेल्न थालेको १७ वर्ष र रोनाल्डोले खेल्न थालेको १९ वर्ष भइसकेको छ। सो विश्वकपमा रोनाल्डोले एक गोल गर्न सफल भएपनि मेस्सीले त्यस विश्वकपमा गोलरहित बनेका थिए। हालसम्म मेस्सी र रोनाल्डोले ४ वटा विश्वकपमा खेलेका छन्।

मेस्सी २००६ मा विश्वकप खेल्दा अर्जेन्टिना क्वाटरफाइनल, २०१० मा क्वाटरफाइनल, २०१४ मा फाइनल र २०१८ मा प्रिक्वाटरफाइनलमा पुगेको थियो। पोर्चुगल सन् २००६ मा सेमिफाइनल, २०१० मा प्रिक्वाटरफाइनल, २०१४ मा समूहगत र २०१८ मा प्रिक्वाटरफाइनल पुगेकाे छ।

हरेक खेलाडीको एउटै चाहन हुन्छ, उसको देशको लागि उपाधि जित्ने। मेस्सी र रोनाल्डोको पनि यही अपेक्षा छ तर उनीहरुले आफ्नाे देशका लागि विश्वकपको उपाधि जिताउन असफल भएका छन्। खेलाडीहरुको लागि एउटा ठुलो चुनौती हो, देशलाई विश्वकपमा जिताउने। मेस्सी र रोनाल्डोमाथि एउटै प्रश्न उठ्छ, कहिले विश्वकप जित्ने ?

सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलिसँग हारेपछि मेस्सीले आफ्नो भागमा सिनियर राष्ट्रिय टोलीबाट उपाधि जित्न लेखिएको रहेन्छ भन्दै खेल जीवनबाट सन्यासको घोषण गरेका थिए। तर, उनी फेरि आफ्नाे खेल जीवनमा फर्कए। यता, सोही वर्ष २०१६ मा रोनाल्डो र युरोकप जितेका थिए।

हरेक फुटबल प्रेमीले मेस्सी र रोनाल्डोको बीच तुलना गर्ने गर्छन्, तर विज्ञहरुकाअनुसार उनीहरु दुवैबीच तुलना हुन नसक्ने बताएका छन्। मेस्सी र रोनाल्डोलाई एकैसाथ खेलमा देख्दा हरकोही खुसी हुन्छ। तर, मेस्सीले बार्सिलोना र रोनाल्डोले रियल मडिड्र छाडेपछि उनीहरुको खेल जीवन केही हदसम्म खसकेको छ।

राष्ट्रिय टोलीबाट रोनाल्डोले पछिल्ला ४ वर्षमा ३२ खेलमा ३२ गोल गरेका छन् भने मेस्सीले २९ खेलमा २५ गोल गरेका छन्।

प्रकाशित मिति: : 2022-11-05 08:00:00

प्रतिकृया दिनुहोस्