प्रदेश १ मा थप ११५ जनामा कोरोना संक्रमण, ६० संक्रमित विराटनगरका

प्रदेश १ मा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६० जना विराटनगर महानगरपालिकाका छन्।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १/१ र प्रदेश १ बाहिरका जिल्लाका २ जनामा बिहीबार संक्रमण पुष्टि भएको छ।

विराटनगर महानगरपालिका भित्रका ३८ पुरूष र २२ महिलालाई कोरोना संक्रमण पुष्टि भएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। 

कोशी अस्पताल विराटनगरमा १ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ। याेसँगै संक्रमित स्वास्थ्यकर्मीको संख्या १८ पुगेको छ।

तर बाँकी संक्रमित विराटनगरका कुन ठाउँका हुन् भन्ने खुलाएकाे छैन।

योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ४ सय १५ पुगेको छ। संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई फर्किएका छन्।

प्रकाशित मिति: : 2020-08-13 16:05:16

प्रतिकृया दिनुहोस्