चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित पर्साका ६५ जना र बाराका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणको ३ वर्षीया बालिकादेखि ८६ वर्षीय वृद्ध संक्रमण देखिएकाे हाे।
संक्रमित मध्ये २२ जना महिला र ४८ जना पुरुष रहेको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालका प्रमुख चिकित्सक डा निरज सिंहले जानकारी दिए।
संक्रमित हुनेमा वडा प्रहरी कार्यालय बिर्ताका ८ जना, जिल्ला प्रहरी कार्यालय पर्साका १ जना, शसस्त्र प्रहरी बारा निजगढका १ जना गरी १० जना सुरक्षाकर्मी रहेका छन्। यस्तै नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका ३ जना चिकित्सक तथा स्वास्थ्यकर्मी समेत संक्रमित भएका छन्।
त्यसैगरी नारायणी अस्पतालको क्ववारेन्टरनमा रहेकी ५ वर्षीया बालिका ३ जना, वीरगञ्ज माईस्थानका ३, वीरगञ्ज बिर्ताका ८६ वर्षीय बृद्धसहित ९ जना, छपकैयाका ५ जना रहेको छन्।
संक्रमित हुने हरुमा वीरगञ्जको नगवा,आदर्शनगर,रामटोल, मुर्ली, रेशमकोठी, भिषुवा, लिंकरोड घण्टाघर, लगायतका क्षेत्रका बासिन्दा रहेका छन्।
त्यसैगरी संक्रमित हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका ३ का ३ वर्षीया बालिकासहित २, पर्साको धोबिनी गाउपालिका ३ का १ जना रहेका छन्।
संक्रमित हुनेमा बारा जितपुर सिमराका ४५ वर्षीय पुरुषसहित बाराको बिश्रामपुर गाउँपालिका ५ ईटियाहीका १ जना, पथलैया र कुटुवा बाराका थप १/१ जना रहेकाे कोभिड अस्पतालका प्रमुख डा निरज सिंहले जानकारी दिए।