मेडिसिटीमा उपचाररत कलंकीका कोरोना संक्रमितकाे मृत्यु

ललितपुरको भैसेपाटीस्थित मेडीसीटी अस्पतालमा उपचारत कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।

काठमाडौं कलंकीका ६४ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेस्वर गेलालले जानकारी दिए।

उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि गत असार ३१ गतेदेखि मृतकको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। मधुमेहका रोगीसमेत रहेका ती पुरुषलाई निमोनिया भएको डा. गेलालले जानकारी दिए।

योसँगै नेपालमा ७८ जनाको कोरोना संंक्रमणका कारण ज्यान गुमिसकेको छ।


 

प्रकाशित मिति: : 2020-08-10 15:31:18

प्रतिकृया दिनुहोस्