सुरज राना
समय एक म्याराथन हो
हामी सबै आफ्नो तवरले दौडिरहन्छौं
तर सँगै दौडिरहँदा यसरी
मेरो आदिवासी खुट्टाको जंगलिपनसँग
मेरो मौलिक शैली र तुफानी वेगसँग
तपाइ बेजोड रिसाउनु हुन्छ
मलाइ पनि खेद छ आफैसँग
कि तपाईंलाई मन पर्दैन भन्ने जान्दा-जान्दै पनि
विसर्जन गर्न सक्दिन आफ्ना बाचाल पाइलाहरु
बदल्न सक्दिन प्रकृतिको चल्ने तरिकालाई
कि मेरो अधिनमा बस्न नमानेर
अवयब, तन्तु र ग्रन्थीहरुले
शरिरमा उच्च रफ्तार पैदा गरिरहन्छ
समय एक म्याराथन हो
हामी समयकै अभिभाज्य रेखामा निरन्तर दौडिरहन्छौँ
समयको एक ओढारमा
मेरो आँखाबाट उज्यालो खोसिएको थियो
समयको एक कान्लामा
मेरो जिब्रोबाट भाषा थुतिएको थियो
समयको एक कुइनेटोनेर
मेरो कानमा ठेडी घोपिएको थियो
समयको एक च्याम्बरभित्र
मेरो मस्तिष्कमा बिषाक्त ग्यास छोडिएको थियो
समयको एक कोठरीभित्र
मेरो खुट्टामा नेल गाडिएको थियो
यति हुँदा म थाकी सक्नुपर्ने थियो
तर त्यस्तो भएन
मेरो टाउकोमा
युद्धको भद्दा वजन बोकाइयो
मेरो खुनको आहालमा
शासकहरुले आफ्नो सपनाको ऐना हेरे
मेरो हाड्छाला र पसिना जोडेर
आलिशान दरबार बनाइयो
मेरो आस्थाको पवित्र कुन्यूभरि आगो लगाइयो
मेरो अस्तित्वलाई
तानाशाही तरबारले रेटेर
बर्बरतापूर्वक घाइते बनाइयो
मलाइ लछारियो
पछारियो
थेचारियो
बटारियो
घुमाइयो
ढाँटियो
काटियो
ताछियो
च्यातियो
यत्ति हुँदा त म थाकी सक्नुपर्ने थियो
तर त्यस्तो भएन
फेरि पनि समय एक म्याराथन नै हो
फेरि पनि हामी युगौ-युग दौडिरहन्छौँ
यति बेला
सय-कडौँ डाँडा-काडाहरु नाघेर
अनेकौ भन्ज्यांग र जंघारहरु कटेर
हामी यस फाटसम्म आइपुगेका छौं
मेरा घाऊहरु पुरिन लाग्दैछन्
रगतमा नयाँ उर्जा भरिदैछ
र यति नै बेला
मेरो हाँसमुख गोलो चेहरामा जयोल्लास देखेर
छातीमा उम्लिरहेको अदम्य साहस देखेर
तपाईं असाध्यै रिसाइरहनु भएको छ
मलाइ चेतनशिल देखेर रिसाउनु हुने तपाईंलाई
मेरो सृजनशील कदम देखेर डराउनु हुने तपाईंलाई
म हार्दिक विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु
होशमा आएर जागृत हुन अनुरोध गर्न चाहन्छु
र सत्यता स्विकार्ने हिम्मत जुटाउन निवेदन गर्न चाहन्छु
कि समयको यो लामो म्याराथनमा
युद्धमा मारिएको शहयोद्धालाई बोकेर
दौडिरहेको अर्को घाइते सिपाहीजस्तो
म तपाईंहरुको इतिहासलाई पनि
काधमा बोकेर दौडिरहेको छु।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया