धरान उपमहानगरपालिकामा भारतीय सेनामा कार्यरत चार पुरुषसहित थप ९ जनामा कोरोना संक्रमण

धरान उपमहानगरपालिकामा भारतीय सेनामा कार्यरत पुरुषसहित थप ९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण देखिएको हो।

नयाँ संक्रमितमध्ये ४ भारतीय सेनामा कार्यरत पुरुष, २ जना दुर्वबाट आएका पुरुष र धरान १० का दुई महिला र धरान १९ का एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएकाे हाे।

दुबईबाट आएर क्वारेन्टाइनमा बसेर पहिलो पटक पीसीआर रिपोर्ट नेगेटिभ आएर घर गएका उनीहरुको दोस्रो पीसीआर रिपोर्ट सोमबार पोजिटिभ आएको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए।

सोमबार थपिएका संक्रमितलाई अस्पतालमा बेड अभाव भएपछि घरमै आइसोलेसनमा बस्नु भनिएको छ। धरानमा मात्र कोरोना संक्रमितको संख्या ५५ पुगेको छ । 

प्रकाशित मिति: : 2020-08-10 13:37:29

प्रतिकृया दिनुहोस्