क्रान्तिको नाममा लुट, देशको नाममा धोका
गोरखापत्र
सरले आज पनि मुम्बई, दिल्लीका नयाँ कथा भन्लान् –उसलाई यो आस थियो। राति निद्रा परेन, ऊ सखारै सर भएतिर निस्क्यो। सरको हँसिलो अनुहार देख्न पाइएला भनेको त चियापसलमा पुग्दा सर राति नै गइसक्नुभो भन्यो रामले।
सरलाई महिनावारी आश्रय दिएको थियो रामले। ऊ यो चियापसलको मालिक हो। ‘राति नै ! सर गए तर राति नै ? किन ?’ यो खबरले ऊ खिस्रिक्क प¥यो। केही नभए सरले उसलाई खास आफ्नो मानिस मान्थे। सरसहयोग केही गरेका थिएनन् तर महिना पन्ध्र दिनमा एक गिलास चिया खान दिन्थे। पैसा तिर्थे। कुनै अवसरका लागि जगेर्नामा राखेका थिए उसलाई। उसलाई यो थाहा थिएन तर बाहिरबाट हेर्दा यस्तो भान हुन्थ्यो।
गाउँको धेरै खबर रामबाट नै सुन्न पाइन्थ्यो। ‘‘सर कहाँ जानुभो ?’’ उसले सोध्नुपर्ने रामलाई नै थियो। यति बिहानै चिया खान ग्राहक पसलमा आउन सुरु गरेका पनि थिएनन्। पहिले यो आएर गइसेकेको मानिसका बारेमा सोध्दै छ– रामलाई मनमनै झनक्क रिस उठ्यो। बोहनी गर्नु त कता हो कता। बोहनी हुने सम्भावना यसबाट छैन। गरिब मोरो। टाउकोमा फाटेको टोपी छ। मैलो थैला छ। यो यस्तै हो। रामले रिस दबायो। बिहान बिहानै मुख तितो पार्नु छैन।
गाउँघरमा चियाको चलन पसेको पनि धेरै भइसक्यो। चियाको लत बसिसकेको छ। ‘अलि पर बस्।’ रामले त पहिले ऊ पसलभित्रै अनधिकृत रूपमा प्रवेश गर्छ भन्ने लागेछ र त्यसो भन्यो। हुन पनि अर्काको गाईबस्तु र बाख्राभेडा चराउनेसँग चिया खाने हैसियत पनि हुन सक्दैनथ्यो। उसमाथि उसको जात पनि खुल्दैनथ्यो। बिना जातपात। कहिलेकाहीँ चिया खाएपछि गिलास खकालेर घोप्ट्याउन भन्थ्यो राम। सानैको टुहुरो। कसरीकसरी यो गाउँमा आइपुग्यो र यतै काममा लाग्यो, पशु चराउने। ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया