बाँकेमा दुई चिकित्सकसहित थप २० जनामा कोरोना

बाँकेमा दुई चिकित्सकसहित थप २० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालगन्ज मेडिकल कलेजका थप दुई जना चिकित्ससहित बाँकेमा १५ जना, दाङका एक जना, कैलालीका दुई जना, बर्दियाका एक जना र सल्यानका एकजना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । 

३४० जनाको नमुना परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको  विज्ञप्तिमा उल्लेख छ ।

उक्त प्रयोगशालामा हालसम्म २५ हजार २ सय नमुना परीक्षण गरिएकोमा एक हजार १०५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति: : 2020-08-10 13:03:01

प्रतिकृया दिनुहोस्