समुदायमा कोरोना फैलिएपछि जुम्लाकाे चन्दननाथ र तिलामा निषेधाज्ञा

जुम्लाकाे चन्दननाथ नगरपालिका र तिला गाउँपालिकामा निषेधाज्ञा लागु गरिएकाे छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार चन्दननाथ र तिलाका समुदायमा कोरोना भाइरस फैलिएपछि अनिश्चितकालीन निषेधाज्ञा गरिएको हाे। 

आइतबार जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँखु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय तथा दक्षिणमा तिला नदीमा निषेधाज्ञा गरिएको जनाएकाे छ।

त्यस्तै तिला - ५ ढिमकोट गाउँको पूर्वमा चुलाकोट, पश्चिममा जुगामूल, उत्तरमा डुङग्री गाउँ र दक्षिणमा खोलीगाउँको चारकिल्ला क्षेत्रमा औषधी पसल र स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण क्रियाकलापहरू पूर्णरूपमा बन्द गरिएकाे प्रजिअ भुपेन्द्र थापाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-08-09 14:35:10

प्रतिकृया दिनुहोस्