माङ्गलिक दोषकाे कारण

रूखसँग विवाह गरेकी थिइन् ऐश्वर्या रायले!

photo–Aljazeera
photo–Aljazeera

बलिउडका चर्चित जाेडीहरूमध्ये एक हाे, ऐश्वर्या राई र अभिषेक बच्चन। उनीहरूकाे प्रेमकथा उतार-चढावले भरिएको छ, तर यो जोडीले हरेक कठिनाइको पार एकसाथ गरेकाे छ।

उनीहरूले प्रमाण गरेका छन् कि साँचाे प्रेमकाे कहिल्यै हार हुँदैन। विश्व सुन्दरी बनेकी ऐश्वर्या राय बलिउडकी सबैभन्दा आकर्षित देखिने अभिनेत्रीमध्ये एक हुन्।

जोसँग सलमान खानदेखि विवेक ओबराय आफ्नो जीवनसाथी बनाउन चाहन्थे। तर कयौं अभिनेताहरूको क्रस बनेकी ऐश्वर्या कसरी भइन् अभिषेककी दुलही?

ऐश्वर्या–अभिषेककाे प्रेम कहानी

अभिषेक र ऐश्वर्याको पहिलो भेट फिल्म ‘ढाई अक्षर प्रेम के’ (२०००) को सेटमा भएको थियो। त्यसपछि उनीहरूले दोस्रो फिल्म ‘कुछ ना कहो’ (२००३) मा सँगै काम गरे।

त्यो बेला ऐश्वर्या र अभिषेक मिल्ने साथी मात्र थिए। यसअघि पनि अभिषेकले आफ्नो पहिलो फिल्म ‘और प्यार हो गया’ (१९९७) को सेटमा ऐशसँग भेटेका थिए। उक्त फिल्ममा ऐश अभिषेकको मिल्ने साथी बबी देओलसँग काम गरिरहेकी थिइन्।

रोचक कुरा के छ भने त्यो समयमा ऐश्वर्याको सलमानसँग अफेयर थियो भने अभिषेकले करिश्मा कपुरसँग इन्गेजमेन्ट गरेका थिए। तर अभिषेक र करिश्माको इन्गेजमेन्ट टुट्यो। त्यसपछि अभिषेक काममा व्यस्त रहन थाले।

यतातिर सलमानको आक्रामक व्यवहारका कारण ऐशले उनीसँग ब्रेकअप गरिन्।

सलमानसँगकाे ब्रेकअपपछि उनकाे विवेक ओबेरोयसँग अफेयर थियो तर यो सम्बन्ध पनि लामो समय टिक्न सकेन। त्यसपछि ऐशले पनि करिअरमा ध्यान दिन थालिन्।

तर फिल्म ‘बन्टी और बबली’ (२००५) को कजरारे गीतको सुटिङका ​​क्रममा उनीहरूबीच नजिकता बढ्दै गयाे।

तर २००६–२००७ मा तिनीहरूले एकअर्कासँग धेरै समय बिताउन समय पाए। जब उनीहरूले जान, गुरु र धूम २ जस्ता फिल्ममा सँगै काम गरे। त्यसपछि उनीहरू एकअर्काेसँग आकर्षित हुँदै गए।

टोरन्टोमा फिल्म ‘गुरु’को प्रिमियरपछि अभिषेकले न्युयोर्कमा ऐशलाई प्रपोज गरे र ऐशले पनि स्वीकार गरिन्।

एक अन्तर्वार्तामा अभिषेकले भनेका थिए, ‘धेरै समयअघि म न्यूयोर्कमा एउटा फिल्मको सुटिङ गरिरहेको थिएँ, त्यसपछि म आफ्नो होटलको कोठाको बालकनीमा उभिएर सोच्थेँ कि ऐशसँग बिहे गरे कति राम्रो होला। वर्षौंपछि फिल्म ‘गुरु’को प्रिमियरपछि हामी एउटै होटलमा गयाैं र मैले उनलाई त्यही बालकनीमा लगेर विवाहको बारेमा सोधेँ।'

प्रस्तावपछि दुबै जना मुम्बई फर्किए र जनवरी १४, २००७ मा इन्गेजमेन्ट गरे। उनीहरूकाे इन्गेजमेन्टपछि धेरै उतारचढावहरू आए। विवाहअघि ऐशले माङ्गलिक दोषकाे कारण पहिले रुखसँग विवाह गरेकी थिइन्।

उनले ‘धूम २’ मा ऋतिकसँग किस गरेकी थिइन्। स्रोतका अनुसार बच्चन परिवारलाई ऐशले यस्तो बोल्ड सिन दिएको मन परेन। तर यी सबै कुराले ऐश र अभिलाई एकता हुनबाट रोक्न सकेन र अन्ततः ऐश र अभिषेकले अप्रिल २००७ मा विवाह गरे।

ऐश्वर्या र अभिषेकको विवाहको धेरै चर्चा भएको थियो किनभने विवाहमा धेरै सेलिब्रेटीहरूलाई निम्तो थिएन।

विवाहको गरेकाे १८ वर्षपछि पनि ऐश्वर्या र अभिषेकबीचको सम्बन्ध निकै बलियो छ। एक अन्तर्वार्तामा ऐशले भनेकी थिइन्, 'अभिषेक मेरो लागि प्रेरणाको स्रोत हुन्। उहाँ धेरै सपोर्टिभ हुनुहुन्छ। जब म कुनै कुरामा अलमलमा पर्छु, उहाँले तुरुन्तै मेरो समस्या समाधान गर्नुहुन्छ।'

नोभेम्बर १६, २०११ मा, ऐशलेछोरी आराध्यालाई जन्म दिइन्। छोरीको जन्मपछि ऐशले काम पूरै छोडिन् र आफ्नो सम्पूर्ण समय सानी आराध्यालाई दिएकी थिइन्।

आराध्या चार वर्षकी नभएसम्म ऐशले काम गरेनन्। त्यसपछि मात्रै ऐश्वर्या फिल्म ‘जज्बा’ मार्फत कमब्याक गरेकी थिइन्। अहिले यी दुई जाेडी खुसी छन्।

प्रकाशित मिति: : 2024-05-03 15:30:00

प्रतिकृया दिनुहोस्