अजय देवगन र काजोललाई बलिउडका सबैभन्दा प्रसिद्ध जोडीमा गनिन्छ। तर दुवैको स्वभाव एकअर्काभन्दा पूर्णतया फरक छ।
काजोललाई धेरै कुरा गर्न र कुराकानी गर्न मन पर्छ भने अजय कम बोल्ने व्यक्तित्वका लागि परिचित छन्।
यद्यपि, दुवै जना एकअर्कासँग प्रेममा परे र विपरीत स्वभावका भए पनि, उनीहरूले एकअर्कालाई डेट मात्र गरेनन्, विवाह पनि गरे र अब उनीहरूको विवाह २६ वर्ष पूरा भएको छ।
अजय देवगन र काजोलले प्रायः आफ्ना फ्यानहरूलाई कपल गोल दिन्छन्।
यद्यपि, उनीहरूको भेटघाटको सुरुवाती दिनहरूमा काजोलले एक पटक अजय देवगनमाथि ठूलो ठट्टा गरेकी थिइन्।
त्यसपछि अजय देवगन काजोलको अभिनयप्रति रिसाए र उनले काजोलकी आमा तथा अभिनेत्री तनुजालाई फोन गरे।
काजोल र अजयले पहिलो पटक १९९५ मा रिलिज भएको फिल्म 'हलचल' मा सँगै काम गरेका थिए।
भनिन्छ कि यही फिल्मको सेटमा दुवै एकअर्कासँग प्रेममा परेका थिए। तर, सुरुवाती दिनहरूमा यस्तो केही थिएन।
त्यसपछि अजयले काजोललाई आफ्नी बहिनीको विवाहमा निम्तो दिन फोन गरे, तर अभिनेत्रीले उनको मजाक उडाइरहेकी थिइन्।
काजोलले यो घटना 'आप की अदालत' मा वर्णन गरेकी थिइन्। अभिनेत्रीले भनिन्, 'अजय देवगनसँग एउटा घटना घट्यो। मैले अजयसँग सम्बन्ध सुरु गरेकी थिएँ। त्यतिबेला ल्यान्डलाइन थियो, त्यसैले एक बिहान मेरो कोठामा फोन बज्यो। अर्को तर्फबाट भनियो, नमस्ते, म अजय देवगन हुँ।'
अजयकाे कुरा सुनेर काजाेलले पनि भनेकी थिइन्, 'म श्रीदेवी हुँ।
जब काजोल अजयसँग राम्ररी कुरा गरिरहेकी थिइनन्, अभिनेताले काजोलकी आमालाई फोन गरेका थिए।
काजोलले थप भनिन्, 'अर्काे पटक भने अजयले मेरी आमालाई फाेन गरेर विवाहकाे निम्ताे दिए। उनले काजोलले हरेक पटक मेरो फोन काट्छिन् भनेर पनि सुनाएका थिए।'