काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ।
गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका ५ का वडाअध्यक्ष रमेश डंगोलले जानकारी दिए।
संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन्।
वडाअध्यक्ष डंगोलका अनुसार अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो।
उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो।
‘प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको छ। अहिलेलाई सिल गरेका छौं,’ उनले भने।