माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
डा. प्रदीप भट्टराई
अमेरिकामा नेपालमा २०७२ सालमा आएको महाभूकम्पको परिकम्पन अझै कायमै देखिएको छ । यही महाभूकम्पको आधारमा अमेरिकामा बसेका कागजपत्रविहीन नेपालीलाई बस्न दिएको अस्थायी अनुमति पत्र टीपीएसको म्याद २०२४ जुन ३० सम्म बढेको छ ।
अमेरिकी डिपार्टमेन्ट अफ होम ल्याण्डसेकुरिटीले दिएको पछिल्लो जानकारीअनुसार अमेरिकामा रहेका हजारौं कागजबिहीन नेपालीसहित सुडान, होन्डुरस, एल साल्भाडोर, हैटी र निकारागुवाका लाखौं टीपीएसधारीलाई यो राहत मिलेको हो । अब उनीहरू कम्तीमा पनि अर्को १८ महिनासम्म निर्वाध रूपमा अमेरिका बस्ने पाउँने भएका छन् ।
अमेरिकी प्रशासनलाई थाहा छ, नेपालमा सात वर्षअघि गएको भूकम्पको व्यक्तिगत प्रभाव अब खासै बाँकि छैन र टीपीएसको सुविधा लिएका अधिकांश नेपालीलाई भूकम्पले जोखिम पुर्याउने त कुरै छैन, छोएको पनि छैन । तर, पनि आप्रवासीमैत्री डेमोक्रेटिक राष्ट्रपति ह्वाइट हाउसमा पुगेकाले यो राहत अरू बढेको हो ।
अमेरिकामा ठूलो संख्यामा रहेका टीपीएसधारी नेपालीलाई डेमोक्रेटिक बाइडन सरकारले ठूलो राहत दिएको छ । यही डिसेमबर ३१ मा टीपीएसको म्याद सकिएर नेपाल फर्कने झोलीतुम्बा तयार गर्नुपर्ने उनीहरूलाई २०२४ को जुन ३० सम्म अरू १८ महिना बस्न सक्ने अनुमतिको म्याद बढाइदिँदा यो राहत मिलेको हो । यो निर्णयसँगै नेपालमा २०७२ सालमा आएको महाभूकम्पको परिकम्पन अझै ह्वाइट हाउसले अनभूति गरिरहेको देखिएको छ ।
यो बसाइलाई लम्ब्याउन रामोस / भट्टराई मुद्दाको पनि अहम् भूमिका छ । यही मुद्दाको कानूनी प्रक्रियामा सरकारले लचिलो बनेर सघाइदिएको हो । यो अभियानमा अमेरिकाको न्युयोर्कमा हेडक्वार्टर रहेको नेपाली अधिकारकर्मीहरूको संस्था अधिकारलगायत दर्जनौ आप्रवासीमैत्री अधिकारकर्मी संस्थाहरूको सकारात्मक भूमिका छ । यी संस्थाहरू अझै अगाडि बढेर टीपीएसबाहकलाई स्वत: ग्रीनकार्ड दिई अमेरिकी नागरिकताको प्रक्रियामा लैजानुपर्छ भनेर पैरवी गरिरहेका छन् ।
तर, पृष्ठभूमीमा जे भए पनि २०२० को राष्ट्रपति निर्वाचनमा जो बाइडनको ठाउँमा डोनल्ड ट्रम्प बिजयी भएको भए टीपीएसधारी नेपालीहरू पनि अरू टीपीएसबाहकजस्तै यतिबेला घर पुगिसकेका हुन्थे वा लुकिछिपी अमेरिकामा बसिरहेका हुन्थे । किनकि, ट्रम्प र उनको अनुदार दक्षिणपन्थी दस्ता कत्ति पनि आप्रवासीमैती छैन ।
यस्तो सत्य हुँदाहुँदै पनि यिनै टीपीएसले जोगिएर अमेरिका बसाइ लम्ब्याएका कतिपय नेपाली बुझेर वा नबुझेर ट्रम्पवादी भएका छन् । र, उनीहरू यो वा त्यो नाममा बाइडन र डेमोक्रेटिक पार्टीलाई धारेहात लगाइरहेकै भेटिन्छन् ।
यो एक किसिमको विराोधाभास त हो नै, विडम्बना पनि हो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया