बिएल संवाददाता
आईसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्दैछ।
खेल नेपाली समयअनुसार आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ।
यूएई र अमेरिकाविरुद्धको शृङ्खलामा नेपाली टिम रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रने छ। अमेरिकाविरुद्धको खेलमा नेपाली टिममा तीन परिवर्तन गरिएको छ।
सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई बाहिर राखेर भीम सार्की, शाहब आलम र अनिल साहलाई मौका दिइएको छ।
लिग–२ अन्तर्गत नेपाल, यूएई र अमेरिकाको शृङ्खला कात्तिक ९ देखि १९ गतेसम्म यूएईमा हुँदैछ। दोस्रो खेलमा नेपाल कात्तिक १३ गते यूएईसँग भिड्ने तालिका छ।
विश्वकप लिग–२ मा १६ खेल खेलेको नेपालले १२ अङ्क जोडेको छ। समान खेल खेलेको युएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने यूएई आठौं स्थानमा छ।
२० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया