सरकारले चाडपर्व, जात्रा र उत्सव मनाउँदा पालना गर्नुपर्ने निर्देशिका सार्वजनिक गरेकाे छ।
जात्रा तथा धार्मिक सभा समारोह गर्न रोक लगाए पनि जनस्तरबाट अवज्ञा भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका ल्याएको हो ।
निर्देशिकामा चाडपर्व, जात्रा र उसत्व मनाउँदा एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट कम गर्ने र गर्नैपर्ने भएमा दुई मिटरको दुरी कायम गर्न भनिएको छ ।
घरबाहिरको जमघटमा नजान र जानु परे मास्क लगाउन, कार्यक्रमस्थलमा प्रवेश गर्दा साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न भनिएको छ ।
यस्तै धार्मिक स्थलमा हुने भेला तथा कार्यक्रममा बढीमा २५ जना मात्र भेला हुन, भौतिक दुरी कायम गर्न, रेलिङ, बार, देवीदेवताको मूर्ति नछुन, सार्वजनिक स्थानमा जथाभावी नथुक्न, खोक्दा तथा हाच्छ्यु गर्दा मुख छोप्न भनिएको छ ।