कविता

म अनि मेरो भुँडी

ए भुँडी ! तँ कस्तो बैगुनी भुँडी
मिठो–मिठो खानेकुरा तैँले पचाउने,
अनि तँलाई बोकेर मैले हिँड्नु पर्ने?
ए भुँडी ! तँ कस्तो बैगुनी भुँडी?

ए भुँडी ! तँ भोकाइस् भने मैले परिश्रम गरेर
तँलाई खुवाउनु पर्ने,
तँलाई ग्यास्ट्रिकले मर्नु हुँदा, औषधि मैले खाइदिनुपर्ने,
अनि म हिँड्डुल गर्न खोज्दा 
तैँले मलाई डिस्टर्ब गर्नु पर्ने?
ए भुँडी, तँ कस्तो बैगुनी भुँडी?

ए भुँडी तँ फुट्ने गरी नघिच्नसम्म,
तँलाई निन्द्रा नि लाग्दैन,
तँ घिचिरहन्छस्...
अनि मलाई थिचिरहन्छस् ...
ए भुँडी ! तँ कस्तो बैगुनी भुँडी

ए भुँडी ! तँ घटोस् भनेर
जिमखानाको मालिकको 
एक तल्ला बढाइदिएँ,
तर, सजिलै तँ घट्दैनस्, तँ कस्तो अटेरी भुँडी?
ए भुँडी ! तँ कस्तो निर्लज्ज भुँडी?

(भुँडीले भन्छ...)
ए मनुष्य ! तँ धेरै प्यार–प्यार नगर,
मै भुँडी भएरै तेरो इज्जत जोगाएको छु।
मिठो-मसिनो तातो–चिसो पिइरहेको छस्,
मै भएरै आफूलाई खानदानी भन्दै जिइरहेको छस्,
यदि मलाई घटाउनु नै छ भने हेर मनुष्य ,
मुखभन्दा बढी खुट्टा चला।
जिब्रो भन्दा बढी दिमाग चला।

प्रकाशित मिति: : 2024-05-06 12:44:00

प्रतिकृया दिनुहोस्