विराटनगरमा ८ सहित प्रदेश १ मा थपिए १६ काेराेना संक्रमित

विराटनगरमा मंगलबार थप ८ सहित प्रदेश १ मा १६ काेराेना भाइरसका संक्रमित फेला परेका छन्। 

विराटनगर महानगरपालिकामा ३ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। 

त्यसैगरि, इटहरी उपमहानगरपालिका ६ र ९ का ५३ र ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

इटहरीकै ६ नम्बर वडाकी २३ वर्षीया महिलामा समेत कोराेना संक्रमण देखिएकाे छ।

यता झापाको कचनकवल गाँउपालिकाका ३ पुरुष र मोरङको बुढीगंगा गाँउपालिका टंकीसिनुवारीका २५ र ५० वर्षका पुरुषको पनि काेराेना संक्रमण देखिएकाे छ।

प्रकाशित मिति: : 2020-08-04 12:49:05

प्रतिकृया दिनुहोस्