विश्व स्वास्थ्य संगठनको नेपालीलाई अपील: भौतिक दुरी कायम गराैँ, नियमित हात धाेऔँ

 विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गरेका छन्।

नेपालमा १२० दिनको लकडाउन हटेसँगै पछिल्लो केही दिनयता फेरि संक्रमणको दर विस्तारै उकालो लाग्ने क्रममा छ। संक्रमणको दरसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ। लकडाउनको अवधिमा भेटिएका संक्रमितमध्ये अधिकांश विदेशबाट फर्किएकाहरु थिए भने अहिले कहींकतै भ्रमण नै नगरेकाहरुमा पनि संक्रमण देखिन थालेको छ।

विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलर भन्छन्, ‘पछिल्लो समय सरकारले लकडाउन हटाई सके पछाडि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ। संक्रमण कम गर्नका लागि एक अर्काबिच दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण रहेको छ।’

उनले अगाडी भने, ‘हामीले एक अर्काबीच कम्तीमा १ मिटरको दुरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न सक्छौं। हामी आफै संक्रमित भए अरुलाई पनि संक्रमण बनाउन सक्छौं।’

भौतिक दुरी कायम गर्न नसकिने ठाउँमा मास्क प्रयोग गर्न समेत उनले सुझाएका छन्। भ्याण्डेलर भन्छन्, ‘अर्को सरल उपाय नियमित हात धुने पनि हो। मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना मेरो सबै नेपालीलाई बिनम्र अनुरोध छ, दूरी बढाउँ, संक्रमणबाट जोगिऔं।’

प्रकाशित मिति: : 2020-08-03 14:18:48

प्रतिकृया दिनुहोस्