झापामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।
बुधवार दिउँसो २ बजे संखुवासभा घर भइ अर्जुनधारा ४ बागेडाँगीमा बसोबास गर्दै आएका ३० वर्षीय सुगम राईलाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।
उनी स्थानीय दहीझोडा सामुदायिक वनमा बाँसको तामा संकलन गर्न श्रीमती र साथीहरुसँग गएका थिए।
तामा संकलन गरेर फर्किने क्रममा अनारमनी खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो। खोलाको गहिरो दहको भुमरीभित्र पसेका उनको घटनास्थलमै मृत्यु भएको थियो।
त्यस्तै बुधबार अपरान्ह सवा ३ बजे कन्काई खोलाको बाढीले सोही नगरपालिका ४ का अन्दाजी २७ वर्षीय कमल मुखियालाई बगाएको थियो।
उनी बाढीमा बगेको दाउरा निकाल्दै खोलामा पसेका थिए। सोही क्रममा उनलाई भेलले बगाएर लगेको र हालसम्म फेल पार्न नसकिएको प्रहरीले जनाएको छ।