गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा बिहीबार थप ३८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा १ जना नयाँ संक्रमित फेला परेका हुन्।

पोखरा महानगरपालिकामा १४ जना नयाँ संक्रमित फेला परेका छन्। संक्रमितहरु १५ देखि ४० वर्ष उमेर समूहका रहेकाे निर्देशनालयले जनाएकाे छ।

यसैगरी स्याङ्जाको गल्याङमा ८ जना तथा बिरुवा, पुतलीबजार र भिरकोटमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

यता बागलुङको काठेखोला र बडिगाडमा २/२ जना तथा बागलुङ र जैमिनीमा १/१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएकाे छ।

यस्तै तनहुँको व्यास नगरपालिकामा २ जना र ऋषिङमा १ जनामा कोरोना संक्रमण देखिएको छ।

पूर्वी नवलपरासीको बौदीकालीमा १ जना र लम्जुङको बेंसिशहरमा २ जनमा कोरोना संक्रमण पुष्टि भएको छ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ।
प्रदेशमा कोरोना निको भएर घर फर्किनेको संख्या १ हजार २ सय ३० छ।

प्रकाशित मिति: : 2020-07-30 12:46:35

प्रतिकृया दिनुहोस्