कोरोनाको कारण ६५ वर्षीय वृद्धको मृत्यु, जम्मा मृतकको संख्या ४९ पुग्यो

कोरोनाको कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङ बुङ्गल गाउँपालिका वडा नं ३ स्थित ६५ वर्षीय पुरुष छन्। उनको गत साउन ९ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

दमका रोगीसमेत रहेका उनी गत असार २४ गते भारतको बेङ्गलोरबाट असार २४ गते नेपाल फर्किएका थिए।

यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति: : 2020-07-28 16:45:34

प्रतिकृया दिनुहोस्