६६.१२ प्रतिशत कोरोना संक्रमित निको भए: मन्त्रालय

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ६६.१२ प्रतिशत कोरोना संक्रमित निको भएको जनाएको छ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ११ हजार ६ सय ३६ जना संक्रमित निको भएको जानकारी दिएका छन्।

यस्तै, पछिल्लो २४ घन्टामा १ सय ३ जना निको भएको गौतमले बताए। 

उनका अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना रहेको छ। यस्तै निको भएकासहित हालसम्म संक्रमित बनेकाको कुल संख्या १७ हजार ५०२ जना रहेको गौतमले जानकारी दिए।

हाल २३ हजार २७५ जना क्वारेन्टाइन र ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन्।

शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय २ पुगेको छ।

प्रकाशित मिति: : 2020-07-18 17:17:31

प्रतिकृया दिनुहोस्