जुरेली
धन्यवाद प्यारी
तिमी र म
त्यस बेला उत्तेजनामा आयौँ
तिम्रो जोसका सामु
मैले होस गुमाएँ जसरी
एकैछिन अन्धकार छायो
तिमीले खै कसरी?
मेरो मथिङ्गलमा
तिम्रा धारिला बचनका बिजहरूले
गर्भधान गरिछौ प्रिय।
त्यो गर्भ
केही समय
मानस्पटलमा मडारिइरह्यो
म निकै बेर पीडाले छट्पटिएँ
अन्ततोगत्वा त्यही गर्भ
मेरो मस्तिप्क छिचोल्दै
सिर्जनाकाे रूपमा फुत्त निस्कियो
तिमीलाई सान बढेझैँ भए होला प्रिय
तर
मैले आनन्दानुभूति गरैँ।
त्यसैले
फेरि फेरि पनि
तिमीले त्यस्तै गरिरहनु है प्रिय!
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया