रुसको सेचेनोभ विश्वविधालयको दावीः कोरोनाको औषधि पत्ता लाग्यो

रुसको सेचेनोभ विश्वविधालयले कोरोनाको औषधि पत्ता लगाएको दावी गरेको छ। विश्वविधालयका अनुसार कोरोनाको सबै परीक्षण सफल भएको छ। विश्वविधालयको यो दावी साँचो सावित भएमा कोरोनाको भयबाट संसार छिट्टै मुक्त हुनेछ। 

कोरोनाको औषधि पत्ता लगाउन अहिले अमेरिका, चीन, बेलायत, अस्ट्रेलियालगायत थुप्रै विकसित देश जुटेका छन्। यी देशले भिन्दाभिन्दै गरेको परीक्षणमा असफल भएका छन्। 

इन्सिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वदिम तरासोभले भने, ‘विश्वविधालयले १८ जुनमा रुसको गेमली इन्सिच्युट अफ एपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजीद्धारा निर्मित भ्याक्सिनको परीक्षण सुरु गरिएको थियो।’

उनले सेचेनोभ विश्वविधालयले कोरोना भाइरसविरूद्ध विश्वको पहिलो भ्याक्सिन स्वयम सेवकमा सफलतापूर्वक परीक्षण गरेको बताए। 

सेचेनोभ विश्वविधालयले इन्सिच्युट अफ मेडिकल प्यारासिटोलोजी, ट्रोपिकल एण्ड भेक्टर–बोर्न डिजिजका निर्देशक अलेक्जेन्डर लुकासेभले सबै अध्ययन मानव स्वास्थ्यको सुरक्षाका लागि कोभिड–१९ को भ्याक्सिन सफलतापूर्वक तयार पार्नु रहेको स्पष्ट पार्न खोजे। लुकासेभले यसको जानकारी दिँदै भने, ‘सुरक्षाको हिसाबले भ्याक्सिनको सबै पक्षको अनुसन्धान भइसकेको छ।’ उनले भ्याक्सिन छिट्टै बजारमा आउने पनि बताएका छन्। 

तारसोभले सेचेनोभ विश्वविधालयले शैक्षिक संस्थानको रूपमा मात्र नभएर वैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रको रूपमा पनि काम गरिरहेको बताए। महामारीको स्थितिमा औषधि निर्माण जस्तो जटिल कार्यमा पनि यसले सक्षम नेतृत्व प्रदान गरेको उनको भनाई थियो।

प्रकाशित मिति: : 2020-07-12 18:36:25

प्रतिकृया दिनुहोस्